सर्पदंश उपचार केन्द्र स्थापनाको लागि लमही नगरपालिकाले  गर्यो २५ लाख बजेट बिनियोजन

0

दाङ, ९ मंसिर
सर्पदंश उपचार केन्द्र स्थापनाको लागि लमही नगरपालिकाले २५ लाख रकम बिनियोजन गरेको छ । लमही अस्पतालमा सर्पदंश उपचार केन्द्र स्थापना गर्न दाङको लमही नगरपालिकाले चालु आर्थिक वर्षको लागि २५ लाख बजेट बिनियोजन गरे को छ । यसअघि दे उखुरी उद्योग वाणिज्य संघले सर्पदंश उपचार केन्द्र स्थापना गर्न महोत्सव सञ्चालन गरे को थियो । दाङको देउखुरी उद्योग वाणिज्य संघको आयोजनामा शनिवार भएको सर्वपक्षीय, सर्वदलीय बैठकले लमही अस्पतालमा सर्पदंश उपचार के न्द्र स्थापना गर्ने निर्णय गरे को हो । यस्तै महोत्सवबाट पाँच लाख ९५ हजार पाँच सय पाँच रुपैया रकम जुटाएको थियो । लमही नगरपालिका र उद्योग वाणिज्य संघको बजेटबाट पुस महिनाबाट सर्पदंश उपचार केन्द्र स्थापनाको काम अघि बढ्ने छ । लमही नगरपालिकाको नगरसभाबाट लमही अस्पतालमा चालु आर्थिक वर्षमा सर्पदंश उपचार के न्द्र स्थापना गर्न २५ लाख बजेट बिनियोजन गरे को छ । हरे क वर्ष यस सेवाका लागि बजेट थप गर्दै लगिने लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले भन्नुभयो ।।

Leave A Reply

Your email address will not be published.