तहकाे नेतृत्व जनता माझ लाेकप्रिय र युवाले रुचाएका नेताहरुबाटै हुन्छ : नेता दसाैदी

0

राेल्पा । नेपाल कम्युनिस्ट पार्टीका नेता कुमार दसाैदीले, राेल्पा जिल्लाकाे पार्टी एकतामा पुर्ब एमालेबाट ४ र पुर्ब माअाेबादीबाट ६ स्थानीय तहमा नेतृत्व लिने सहमति भएकाे बताएका छन् ।

जिल्ला पार्टी एकताका लागि बनेको ४ सदस्यीय कार्यदलकाे बैठकले, दुबै पार्टीलाई न्याय हुने तरिकाले स्थानीय तहहरुमा बाडफाड गरेको नेता दसाैदीले बताए ।

रुन्टिगढी, गंगादेब (सुकिदह), लुङग्री र त्रिबेणी गाउँपालिका पुर्ब एमालेकाे भागमा परेका छन् ।

पुर्ब एमाले राेल्पाका पुर्ब पार्टी प्रमुख समेत बनेका नेता दसाैदीले, पार्टीमा लाेकप्रिय, सक्षम र युबा पक्तिले रुचाएका नेतालाई अाफ्नाे पार्टीको तर्फबाट नेतृत्वकाे जिम्मा दिने बताए ।

राेल्पा जिल्लाका सन्दर्भमा पार्टी एकतालाई टुंगोमा पुर्याउन नेता दसाैदीकाे सबैभन्दा महत्त्वपूर्ण भुमिका रहेको कार्यक्रताहरुले बताएका छन् ।

Leave A Reply

Your email address will not be published.