जनप्रतिनिधीको उदाहर्णिय काम: वडा अध्यक्षको तलब स्कुलमा खर्च

0

टेक बहादुर पुन

मँसीर ९ लमही । गढवा ५ का वडा अध्यक्ष प्रकाश भण्डारीले अाफ्नो तलब सुबिधा बिद्यालयमा खर्च गरेका छन् । वडा अध्यक्ष भण्डारीले अाफ्नाे मासिक तलव भत्तावाट अाज मावि चैनपुरको कार्यालय रंग राेगनमा १५ हजार खर्च गरेका हुन । अध्यक्ष भण्डारीले गाँउपालिका बाट अाफुले पाउने सेवा सुविधा सामाजिक सेवाका काममा लगाउने अभियान अन्तरगत यश पटक विद्यालयमा रंग राेगन गरेकाे वडा सचिव अरुण पन्थिले वताए । वडा अध्यक्ष भण्डारीले मासिक तलव तथा भत्ता वाट मावि चैनपुरमै एक वालिकालाइ समेत अध्यापन गराईरहेका छन् । सरकारी सेवा सुविधा समेत नलिई काम गरिरहेका दांङ्गका स्थानिय तहका पहिलाे जनप्रतिनिधिका रुपममा समेत भण्डारी चिनिन्छन् ।

Leave A Reply

Your email address will not be published.