कहाँ छ राज्य ? निर्मलाकाे अपराधी किन पत्ता लाग्दैन !

1

बिरेन्द्र वली

सरकार पनि छ र ? के सरकारकाे नेतृत्व जनताका प्रतिनिधिहरुबाटै भैरहेको छ ! अाजकाल यस्तो लाग्दैछ कि, सरकार भएता जनताकाे काम गर्नुपर्ने हाे । अाम नेपालीले शान्ति सुरक्षाकाे अनुभूति गर्न पाउनु पर्ने हाे । तर मैले गाैतम बुद्धकाे देशमा रावणहरुकाे राम राज्य देखिरहेको छु ।

चुनाब जित्नु ठुलाे कुरै छैन । बिदेशीकाे गुलाम भएर पैसाका बाेरा ल्याए पछि मजाले चुनाब जितिन्छ र जितिरहेका समेत छन् ।

निर्मला पन्तकाे बलात्कार पछि हत्या भएकाे महिनाै भैसक्याे । अामा बुबा न्याय मागिरहेका छन् सरकार भने कानमा तेल हालेर बसेकाे छ । हत्या, हिंसा, बलात्कारका अपराधीलाई पनि कारबाही चाहियाे भन्दै जुलुस निकाल्नु पर्ने याे कस्तो राज्य । अपराध गर्ने जाे पनि राज्यको नियन्त्रणमा हुनुपर्ने हाेईन र ?

अाजकाल निर्मलाका बुबाका अनेकन समाचार अाईरहेका छन् । अाफ्नाे सन्तानकाे अपराधी पत्ता लगाउ सरकार भन्दा, उल्टै अाफ्नाे अबस्था समेत कमजाेर बनाउनु पर्ने राज्यका नागरिकले याे सरकारबाट के अपेक्षा गर्ने ।

के सरकार संग अनुसन्धानकाे संमेत्र छैन । हामी कुन दुनियामा छाै । सरकारले जनतामा अन्याय गर्छ भने जनताले पाँच बर्ष कुरेर हेर्न सक्दैनन् ।

सुकिदह राेल्पा, हाल : मलेसिया

1 Comment
  1. Prakash Dhakal says

    हो रहेछ हाम्रो देशमा सरकार रहिन्छ । हाम्रो देश यउटा #ngo ra ingo ले चलाको देश रछ । अरु देशमा ngo ra ingo लखेट्निमा छन भने हाम्रो देशको सरकरले झन यी सस्थालाइ सम्रक्षण गरेको छ । थुक्क नालायक सरकार । जनताको करले किनेको गोलि आज जनताको छातिमा ठोक्नी भैस हैन नालायक कठपुतली हो

Leave A Reply

Your email address will not be published.