समृद्ध र भ्रष्टचार मुक्त छत्रदेब बनाउने अभियानमा सबैले सहयोग गर्नपर्छ ः अध्यक्ष पोख्रेल

0

माधव खनाल
मंसिर–१०अर्घाखाँची
छत्रदेब गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेलले समृद्ध र भ्रष्टचार मुक्त छत्रदेब बनाउने अभियानमा सहयोग गर्ने सबैलाई सहयोग गर्ने उद्घोष गर्नुभएको छ ।पारष्परिक जवाफदेहिता परियोजना अन्तर्गत एकीकृत ग्रामीण विकास समाज अर्घाखाँचीको आयोजनमा साझेदारी मञ्चको गठन कार्यक्रमलाई सम्बोधन गर्दै उहांले यस्तो उद्घोष गर्नुभएको हो । पाउँपालिका स्तरमा सुशासन जवाफदेहिता अभिबृद्धि गर्दै सार्वजनिक र नीजि सहभागिता बढाउन गठन गरिएको साझेदारी मञ्चको संयोजकमा पालिका अध्ययक्ष लेखनाथ पोख्रेल चयन हुनुभएको छ । अध्यक्ष पोख्रेलको संयोजकत्वमा,कार्यपालिका सबै सदस्य,शिक्षा,स्वास्थ्य र कृषिका बिषयगत संयोजकलाई समावेश गरि २१ सदस्सीय साझेदारी मञ्चको गठन गरिएको संस्थाले जनाएको छ । संस्थाका अध्यक्ष हृदय कुमार भुसाल,सामुदायिक सञ्चारकर्मी रुद्रमणी भुसाल र कार्यक्रम अधिकृत बसन्त श्रेष्ठले सहजिकरण गर्नुभएको कार्यक्रममा पालिका उपाध्यक्ष तुल्सीदेबी श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्थले मन्तव्य राख्दै पालिकाको हितमा काम गर्ने सबै संघ संस्थाहरुलाई सदैब स्वागत रहेको बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.