नदीजन्य सामाग्रीमा मनपरी, आइइइ गरेर मात्रै प्रयोग गर्नुपर्ने

0

दिवाकर पोख्रेल देउखुरी,मंसिर १० गते । दाङको राप्ती नदीमा अनाधिकृत रुपमा एक्साभेटरको प्रयोग गरेर नदीजन्य सामाग्री निकाल्ने काम भइरहेको छ । बालुवा प्रशोसन धेन्द्र वा क्रसरको नाममा नदीजन्य सामाग्री मनपरी चलिरहेको छ । प्राय रातको समयमा नदीजन्य सामाग्री मनपरि दोहन भइरहंदा अनुगमन गर्ने निकायको प्रभावकारी अनुगमन हुन सकेको छैन । राप्ती नदीलाई मध्यनजर गरेर खुलेका एकदर्जन बढी बालुवा प्रशोधन केन्द्र र क्रसर उद्योगले मापदण्ड विपरीत कार्य गरेको भन्दै जिल्ला समन्ववय समीति र स्थानीय तहवाट पनि समय समयमा अनुगमन पनि हुने गरेको छ । अनुगमनको समयमा क्रसर उद्योगका संचालकहरु नै नभेटिने र नदीजन्य सामाग्रीको अनाधिकृत तरिकाले उत्खनन् कार्य नरोकेपछि स्थानीयहरु पनि चिन्तीत बनेका छन । लमहीनगरपालिकाले पटकपटक अनुगमन गरि समयसयमा सचेत बनाउने काम गरेको नगरप्रमुख कुलवहादुर केसीले जानकारी दिनुभयो । नदीजन्य सामाग्रीको अनाधिकृत रुपमा उत्खनन् भएको खबर आएपछि खोलामै पुगेर स्थलगत अनुगमन गर्दै आइरहेका छौ,कानुन विपरीत भएको भेटिए कारवाही गछौ नगरप्रमुख केसीले भन्नुभयो । गत आर्थिक बर्षमा अबैधानिक तरिकाबाट संचालन भएका र मापदण्ड विपरीत नदीजन्य सामाग्री संकलन गरेका क्रसर उद्योगबाट ७६ लाख रुपैयाँ जरिमाना स्वरुप राजश्व संकलन गरिएको बताउँदैै जिल्ला समन्वय समितिका उप संयोजक श्रीधर शर्मा पौडेलले मंगलबार नै अनगुमन थालिने जानकारी दिनुभयो । प्रारम…

Leave A Reply

Your email address will not be published.