लागुऔषधसहित दुई पक्राउ

0

चितवन,१० मंसिर २०७५

भरतपुर महानगरपालिका–२ बस्ने दुई व्यक्तिबाट प्रहरीले लागुऔषध बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनले आज एक विज्ञप्ति जारी गर्दै २५ वर्षीय केशव घले र २४ वर्षीय विशाल घलेको साथबाट लागुऔषध र कारोवारबाट सङ्कलित रकम बरामद गरिएको जनाएको छ। विज्ञप्तिमा जनाइएअनुसार उनीहरूको साथबाट २७१ एम्पुलका दरले डाइजेपाम, ब्युप्रिनर्फिन र फेनारगन बरामद गरिएको हो। त्यसैगरी रु पाँच लाख ८० हजार १८० नगदसमेत बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार उनीहरूलाई मङ्सिर ७ गते साँझ अबेर नियन्त्रणमा लिइएको थियो। निजहरूले भैरहवाको नाका हुँदै भारतको सुनौली गई लागुऔषध खरीद गरी ल्याई बिक्री गर्ने गरेको र बरामद भएको नगद, लागुऔषध बिक्री गरी आर्जन गरेको स्वीकार गरेको रेग्मीले बताए। पक्राउ परेका दुवैलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको कार्यालयले जनाएको छ।

Leave A Reply

Your email address will not be published.