आगलागीबाट एक घर पुर्णरुपमा जलेर नष्ट्र

0

दाङ – गढवा गाउँपालिका वडा नम्बर ५ चैनपुरमा आगलागी हुँदा एकघर जलेर पुर्णरुपमा नस्ट भएको छ । स्थानीय समी उल्लाह मुसलमानको घरमा अागलागी भएको स्थानीय किरण पौडेलले जानकारी दिए ।
‘आगो लाग्दा एउटा घर पुर्णरुपमा जलेर खरानी भयो, गाउँमा आगो फैलन नदिन गाउँले आगो निभाउन खटिएका छौँ,’ उनले भने, ‘आगो निभाउन पानीको असुविधा भयो, लमहीबाट दमकल बोलाएको अझै आइपुगेन।’लमही नगरपालिकाको दमकलका चालक बिरामी भएका कारण र अर्का चालक खोजेर दमकल पठाउने तयारी गरिएको नगरपालिकाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.