दाङको गढवामा अागलागी हुदा ९ लाखको क्षति

0

शिवु खनाल दाङ, १० मंसिर घरमा अागलागि हुदा नाै लाख बराबरको क्षेति भएको छ । गढवा गाउँपालिका वडा नम्बर ५ बाकि स्थित शमिम् उल्लाहाकाे घरमा हाईटेनशन लाईन सट हुदा अागलागि भएको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक पञ्चलाल गाेलेले जानकारी दिनु भएको छ । घरकाे तिनवटा काेठामा अागलागि हुदा पुर्णरूपमा क्षेति भएको छ । घरमा रहेको लत्ताकपडा, दराज, सुनहरू जलेर नष्ट भएको छ । हाईटेनशन लाईन सट हुदा करिब नाै लाख बराबरको क्षेति भएको छ । अहिले लमही नगरपालिकाकाे दमकलले अागाेलाई नियन्त्रणमा लिएर फर्किएको ईलाका प्रहरी कार्यालय गढवाले खबर पठाएको छ ।।

Leave A Reply

Your email address will not be published.