परिवार नियोजन सेवा सुदृढीकरण सम्बन्धि एक दिने अभिमुखिकरण ढाकावाङ्गमा सम्पन्न
माधव खनाल
मंसिर–११,ढाकाबाङ्ग ,अर्घाखाँची
ढाकावाङ्ग स्वास्थ्य चौकी भुमिकास्थान १ अर्घाखाँचीमा परिवार नियोजन सेवा सुदृढीकरण सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । यु.एन.एफ.पि.ए.को आर्थिक र आड्रा नेपालको प्राबिधिक सहयोगमा महिला स्वास्थ्य स्वयम् सेबिकालाई केन्द्रत गरि आयोजना गरिएको कार्यक्रममा यु.एन.एफ.पि.ए.अर्घाखाँची प्रमुख सुजाता सुब्बा,तृप्ती ढकाल,श्रीदेबी रानाभाट र अनमी मन्जु खनालले सहजीकरण गर्नुभएको हो । भुमिकास्थान–१ ढाकावाङ्गका वडा अध्यक्ष भोज राज खनालको अध्यक्षता,अहेव रुपक चन्दको स्वागत मन्तव्य र ढाकावाङ्ग स्वास्थ्य चौकी इन्चार्ज इषा खड्काको संचालनमा सम्पन्न कार्यक्रममा भुमिकास्थान–२ का वडा अध्यक्ष बुद्धि थापाले मन्तव्य राख्दै परिवार नियोजनका साधनको प्रयोगका उपयोगिताको बारेमा भएको ज्ञानको कमीले समाजमा बिभिन्न समस्या रहेको भन्दै यसको बारेमा सचेतना फैलाउन जरुरी रहेकोमा जोड दिनुभएको छ ।कार्यक्रमकै अवसरमा वार्ड नम्बर १ र २ का सयौं सेवाग्राहीहरुले परिवार नियोजन सम्बन्धी परामर्श र सेवा समेत लिएको अहेब तिलकराम भट्टराईले जानकारी दिनुभएको छ ।