५ वर्षीया बालिकालाई बलात्कार गर्न खोजेको आरोपमा एक पक्राउ

0

माधव खनाल
मंसिर–११,अर्घाखाँची
अर्घाखाँचीको मालारानी गाँउपालिकामा ५ वर्षिया बालिकामाथी जबरजस्ती करणीको प्रयास भएको छ । गत मंसिर ३ गते बिहान ९ः३० बजेको समयमा स्थानीय बर्ष ५ की बालिकालाइ जबरजस्ती करणी गर्न खोज्ने १७ बर्षिया एक किशोरलाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले जनाएको छ । जर्वजस्ती करणी गर्ने प्रयास गरेको थाहा पाएलगत्तै इलाका प्रहरी कार्यालय खनबाट खटिएको प्रहरीको टोलीले बिपक्षीलाई प्रक्राउ गरि मंसिर ४ गते नै जिल्ला अदालत अर्घाखाँचीबाट ७ दिनको म्याद थप गराई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरिक्षक तथा प्रहरी प्रवक्ता खिम बहादुर घ.म.ले जानकारी दिनुभएको छ । प्रक्राउ परेको किशोर पनि १८ वर्ष भन्दा मुनिकै रहेकोले निजको नाम र ठेगाना पनि गोप्य राखिएको प्रहरी प्रवक्ता घ.म.ले बताउनुभएको छ ।

Leave A Reply

Your email address will not be published.