अग्नि पिडितलाई राहात बितरण

0

टेकबहादुर पुन
लमही, मँसीर ११ । दाङ गढवा गाउँपालिका वडा नम्बर ५ चैनपुरका अग्नि पिडितलाई गढवा गाउँ पालिकाले राहत सामाग्री वितरण गरेकाे छ । हिँजो बेलुका गढवा गाउँ पालिका ५ स्थित समी उल्लाह मसुलवानकाे घरमा अागलागि भएको थियाे । गढवा गाउँपालिका बिपत ब्यवस्थापन समितीले १५० किलाे चामल , ३ वटा बाल्टी, खाना पकाउने तथा खाना खाने भाँडा ३ सेट , दैनिक उपभाेग गर्ने सरसफाइका समानहरु तत्काल उपलब्ध गराएकाे छ ।

विपत ब्यवस्थापन समित गढवा गाउँपालिकाका संयाेजक प्रकाश भण्डारीले करिव २५ हजार वरावरकाे राहत सामाग्री पिडित परिवारलाई हस्तान्त्रण गरेका हुन् । यसैविच नेपाल रेडक्रस साेसाईटि शाखा गढवाले पनि राहतका सामाग्री उपलब्ध गराएकाे छ ।अागलागी बाट एकघर पुर्णरुपमा नष्ट भएको छ भने करिब नौ लाख बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.