पोखरीको पानी सुकाएर निकालियो युवाको शब

0

सागर थापा,१२ मंसिर २०७५
दाङमा आइतवार साझ देखि कृत्रीमा पानीको तालमा डुवेर वेपत्ता भएका घोराही १५ का लक्ष्मण डिसीको शव भेटिएको छ । निरन्तरको खोजीको प्रयासपछि चौथो दिन आज बुधवार विहान शब तलाउमै फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
विहान करीव साढे ८:३० बजेतिर तालको विच भागमा शव फेला परेको हो । तलाउको पानी पूर्णरुपमा सुकाएपछि शव फेला परेको हो । उनको खोजीका लागि चितवनबाट गोताखोरको टोली पनि दाङ आएको थियो ।गोताखोरले पनि शब भेटाउन नसकेपछि पोखरीको पानी सुकाएर उनको शब निकालिएको हो । पानी सुकिसकेपछि उनको शब भेटिएको प्रहरीले बताएको छ ।

घोराही १७ गुलरियास्थित कृत्रीम पानीको तालमा डिसी गएको आइतवार साझ तीन बजे तिर साथीहरुसँग नजिकैको मैदानमा क्रिकेट खेल्न गएको र सोही क्रममा पौडिखेल्न तलाउमा पसेका थिए । उनको शव पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा लगिएको छ । डिसीको शव खोज्नको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, गोताखोरको टोली, स्थानीय प्रशासन, घोराही उपमहानगरपालिका, सहयोग रहेको थियो ।शवलाई परीक्षणका लागि राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको छ । सब परीक्षण पछि आफन्तलाई बुझाईने प्रहरीले बताएको छ ।

Leave A Reply

Your email address will not be published.