दैलेख जीप दुर्घटना अपडेटः मृतकको संख्या ५ पुग्यो

0

कामना डेली, दैलेख ।
दैलेखको पश्चिममा पर्ने ठाटीकाँध गाउँपालिकामा भएको जीप दुर्घटनामा परि ५ जनाको मृत्यु भएको छ । जीपमा सवार ८ मध्ये ५ जनाको मृत्यु भएको हो भने ३ जना गम्भिर घाइते भएका छन् ।
आज विहान सुर्खेत देखि ठाटीकाँध गाउँपालिकाको बाहाँकोट जाँदै गरेको भे १ च २२०७ नम्बरको बोलेरो जीप दैलेखको ठाटीकाँध गाउँपालिकाको पिपलचौतारा धामीगाउँ नजिक दुर्घटनामा परेको थियो ।
मृत्यु हुनेमा ठाटिकाँध गाउँपालीका–२ का चालक रमेश शाही, ठाटिकाँध – ३ का ४७ वर्षिया राजेन्द्र बहादुर शाही, ठाटिकाँध – १ का ३० वर्षिया निर्मल बम, ठाटिकाँध–३ का रत्ना शाही र ठाटिकाँध– ३ का दिलीप शाही रहेका छन् ।
गम्भिर घाइते भएका ठाटीकाँध गाउँपालिका–३ का मनिषा राष्कोटी, ठाटीकाँध–१ का जुद्ध सुजि र समशेर बमलाई उपचारका लागि सुर्खेत पठाइएको ठाटीकाँध प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक शाहले बताउनुभयो । घाइतेहरुको अवस्था पनि गम्भिर रहेको प्रहरीले जनाएको छ ।
जीप करिब ३ सय मिटर तल खसेको प्रहरी सहायक निरिक्षक शाहले जानकारी दिनुभयो । शाहका अनुसार जीप दुर्घटनाको मुख्य कारण खुल्न नसकेपनि उकालो सडकमा जीप अगाडी वढ्न नसकेर पछाडी तर्फ गुडेकोका कारण दुर्घटना हो ।

हिक्मत नेपाली,नेपाल समाचारपत्र

Leave A Reply

Your email address will not be published.