दाङमा वडाध्यक्षको निधन

0

दाङ, १३ मंसिर । घोराही उपमहानगरपालिका—१६ का वडाध्यक्ष लक्षिणप्रसाद बुढा मगरको निधन भएको छ । गएको जेठ महिनादेखि बिरामी भएका वडाध्यक्ष बुढा मगरको गएराती ३ बजे निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

२०७४ साल असार १४ गते सम्पन्न स्थानीय तहको निर्बाचनमा घोराही—१६ को वडाध्यक्ष पदमा निर्बाचित बुढा मगरले वडामा नमुना काम गर्दै आउनुभएको थियो । उपचारका क्रममा उहाँको भारतको मेदान्त अस्पतालमा निधन भएको हो ।

विभिन्न रोगले ग्रसित बुढा मगरको उपचार नेपाल, भारत र थाइल्याण्डमा समेत गरिएको थियो । बुढा मगरका एक श्रीमती, दुई छोरा र दुई छोरी रहेका छन् । उहाँको अन्तिम दाहसस्कार आज दिउसो १ बजे घोराहीको शंखेपिपलघाटमा गरिने जनाइएको छ ।

यसैबीच नेकपाले बुढाको पार्थिव शरिरलाई आज बिहान ११ बजेदेखि १२ बजेसम्मका लागि श्रद्धाञ्जली दिन एक घण्टा राख्ने जनाइएको छ । पार्टीका प्रदेश ईञ्चार्ज तथा मुख्यमन्त्री शंकर पोखरेललगायतका नेता कार्यकर्ताहरुले बुढालाई पार्टी कार्यालयमा श्रद्धाञ्जली दिने कार्यक्रम रहेको नेकपा दाङले जनाएको छ । श्रद्धाञ्जली पश्चात अन्त्यष्टी गरिने जनाइएको छ ।।

Leave A Reply

Your email address will not be published.