सन्तुलित विकास तथा जनभावना अनुसार कार्य गर्न घरदैलोमै स्थानीय तथ्यांक तथा अभिलेख संकलन

0

१३ मंसिर २०७५ प्युठान ।
सरुमारानी गाउपालिकाको कार्यालयले स्थानीय तथ्यांक तथा अभिलेख संकलनको प्रक्रीया शुरु गर्ने भएको छ । नेपालको संविधानको अनुसुची ८ को क्रमसंख्या ६ मा व्यबस्था गरिएको स्थानीय तहको एकल अधिकार सूचि अन्तर्गत स्थानीय तथ्यांक र अभिलेख व्यबस्थापन गर्ने प्रक्रीया सुरु गर्न लागेको कार्यालयले बताएको हो। गाउंपालिकाका नागरिकको पारिवारिक अबस्था,बैबाहिक स्थिती,जाती जनजाती,भाषा,दैवी प्रकोप घटनामा परे नपरेको,शिक्षा स्वास्थ्य, सरसफाई, स्थानीय उत्पादनको परिमाण,पेशा या व्याबसाय, विकासका पुर्वाधारहरुको पहुंच लगायतका ५२ वटा प्रश्नावली वनाई सम्पूर्ण विवरण संकलन गरि अद्यावधिक गर्नका लागि यो प्रक्रिया सरुमारानीमा शुरु गरिने भएको हो । यहि मंसिर १५ गते शनिवार देखि सरुमारानी गाउँपालिकाका ६ वटै वडामा तथ्यांक संकलन गरिने सरुमारानी गाउपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत अमर बहादुर ओलीले जानकारी दिए। सरुमारानीका सवै वडामा नागरिकको घरदैलोमै पुगेर स्थानीय तथ्यांक तथा अभिलेख संकलनका लागि एक महिने कार्यक्रम बनाईएको उनले बताए। उनले तथ्यांक संकलन गर्दा आधिकारिक र एकरुपता हुनुपर्नेमा जोड दिए । ” ओलीले भने सरुमारानी गाउँपालिकाको सन्तुलित विकास निर्माण तथा जनभावना अनुसार कार्य गर्न सहज र सरल बनाउने हेतुले गाउँपालिकाको कार्यालयले यस प्रकारको तथ्यांक संकलन गर्ने कार्य अगाडी बढाएको हो । यस्तो तथ्यांकवाट नागरिकको पारिवारिक स्थिती, पुर्वाधारको पहुंच लगायतका कुरा छुट्टीने छन् । आफ्नो यथार्थ तथ्याङ्क उपलब्ध गराईदिन गाउंपालिकाले सबै गाउँपालिका वासीलाई आग्रह पनि गरेको छ ।

Leave A Reply

Your email address will not be published.