देवदहको पहिलो स्थापीत बैंक कामना सेवा विकास बैंकको मुद्धती बचतमा १२.५ प्रतिशत ब्याज

0

कामना डेली,१४ मंसिर २०७५
कामना सेवा विकास बैंकको घरदैलो कार्यक्रम देवदहको खैरेनीमा सम्पन्न भएको छ । रुपन्देहीको देवदहमा स्थापना गरिएको निजि क्षेत्र अन्तरगतको पहिलो बैक कामना सेवा विकास बैंकले खातावालाहरुलाई विशेष योजना तथा विभिन्न कार्यक्रमहरुमार्फत वित्तिय जनचेतना दिदै आएकोे छ । आज देवदह शाखाले खैरेनीमा सांगितिक कार्यक्रम मार्फत आफ्ना सेवा सुविधाहरुको बारेमा सेवाग्राहिलाई जानकारी गराएको हो ।

उक्त कार्यक्रममा बोल्दै देवदह शाखाका प्रबन्धक बासुदेव मल्लले बैंकले मुद्धती बचतमा १२.५ प्रतिशत र ऋण प्रवाहमा १३ प्रतिशत ब्याजमा सेवाग्राहीहरुलाई सेवा दिदै आईरहेको बताउनुभयो। उहाँले कामना सेवा विकास बैंक हालको अवस्थामा देश भरी ६० वटा शाखाहरु मार्फत सेवा दिदै आईरहेको र यस आर्थिक बर्ष २०७५÷२०७६ को अन्त सम्ममा २३ वटा थप शाखाहरु विस्तारको तयारीमा समेत रहेको जानकारी दिनुभएको हो ।

Leave A Reply

Your email address will not be published.