जंगली हात्तीको आक्रमणवाट माडीमा २ महिलाको ज्यान गयो

0

जंगली हात्तीको आक्रमणवाट चितवनको माडीमा २ महिलाको ज्यान गएको छ । माडी नगरपालिका ९ कृष्णनगर टमटा वजारकी ३० वर्षिय सुसिला भण्डारी र सोही स्थानकी ६० वर्षिय कृष्णकली जैसीको ज्यान गएको इलाका प्रहरी कार्यालय माडीले जानकारी दिइएको छ । घासँ काट्न जादाँ दिउसो करिव ३ वजे २ महिलालाई हात्तीले आक्रमण गरेको स्थानियवासीहरुले वताएका छन् । केही महिना अघि माडी नगरपालिका ३ मा एक युवकको समेत जंगली हात्तीको आक्रमणवाट ज्यान गएको थियो । समय समयमा जंगली जनावरले माडीवासीहरुलाई समस्यामा पार्ने गरेको छ ।

Leave A Reply

Your email address will not be published.