माडीका ४ वटै मध्यवर्ती उपभोक्ता समितिका अध्यक्षहरु सामुहिक राजिनामा

0

सुवास लामिछाने सामुदायिक रेडियो माडी, चितवन
माडीका ४ वटै मध्यवर्ती उपभोक्ता समितिका अध्यक्षहरुले सामुहिक राजिनामा दिएका छन् । हिजो दिउसो हात्तीको आक्रमणवाट २ जना महिलाको ज्यान गएपछि सामुहिक रुपमा राजिनामा दिइएको अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष मथुरा वहादुर भण्डारीले जानकारी दिनुभयो । राजिनामा दिनेमा पाचँ पाण्डव उपभोक्ता समितिका अध्यक्ष नारायणदत्त सापकोटा,वघौडा मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष प्रभु प्रसाद महतो,रेवा मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष शिव वहादुर कार्की रहनुभएको छ ।

Leave A Reply

Your email address will not be published.