हात्तीको आक्रमणवाट मृत्यु भएका २ महिलाको शव उठ्ने

0

हात्तीको आक्रमणवाट मृत्यु भएका २ महिलाको शव उठ्ने भएको छ । पिडित पक्ष र चितवन प्रमुख जिल्ला अधिकारी,चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत र माडी नगरप्रमुखको रोहवरमा शव उठाउने तयारी भएको पिडित परिवारका सदस्य राम प्रसाद भण्डारीले जानकारी दिनुभयो । मृतक दुवै महिलाहरुको माडीको वसन्तपुर रहेको बघौडा अस्पतालमा पोष्टमार्टम गरिने वताईएको छ । मृतकका परिवारलाई क्षेतिपुर्ति वापत राज्यले उपलब्ध गराउने १०–१० लाख रुपैया छिटो भन्दा छिटो उपलब्ध गराउने, माडी नगरपालिकाले क्रिया खर्च वापत २५–२५ हजार तत्कालै दिने,मृतक सुसिला भण्डारीका छोराछोरीलाई उच्च शिक्षाका लागि ५ लाख ब्यवस्था गर्ने,अर्की मृतक कृष्णकली जैसीका छोरालाई माडी नगरपालिकामा रोजगारीको ब्यवस्थापन गर्ने लगायतका सहमतिपछि शव उठेको वताइएको छ । यसैगरी जंगली हात्तीलाई नियन्त्रणमा लिनका लागि प्राविधिक सहितको टोली आजदेखी परिचालन गरिने समेत वताइएको छ । हिजो दिउँसो ३ वजे जंगली हात्तीको आक्रमणवाट सुसिला भण्डारी र कृष्ष्णकली जैसीको ज्यान गएको थियो ।

Leave A Reply

Your email address will not be published.