निशुल्क मुटुरोग परीक्षणमा ४ सय ५५ जनाले सेवा पाए

0

माडीमा आज भएको निशुल्क मुटुरोग परीक्षणमा ४ सय ५५ जनाले उपचार गराएका छन् । माडीमा गरिएको परिक्षणमा हालको अवस्थामा खानपान लगायतका कारणले दैनिक रुपमा कमजोर हुदै गएको देखिएको डाक्टर मोहनदेव भण्डारीले वताउनुभयो । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा चितवन,माडी नगरपालिका,बघौडा अस्पताल,नेपाल रेडक्रस सोसाईटी नारायणगढ,बघौडा,गर्दी,कल्याणपुर र अयोध्यापुरी उपशाखाको संयुक्त आयोजनामा शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्राविधिक सहयोगमा मुटुरोग सम्वन्धी निशुल्क स्वास्थ्य शिविर बघौडा अस्पतालमा सम्पन्न भएको हो । नेपाल रेडक्रस सोसाईटी अयोध्यापुरी उपशाखाका सभापति सुर्यनाथ अधिकारीको सभाअध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा माडी नगरप्रमुख ठाकुर प्रसाद ढकाल प्रमुख अतिथी रहनुभएको थियो । कार्यक्रमको औचित्यवारे डाक्टर मोहनदेव भण्डारीले प्रकाश पार्नुभएको थियो । नेपाल रेडक्रस सोसाईटी बघौडा उपशाखा सभापति भागिरथ वस्यालले स्वागत मन्त्वय राख्नुभएको कार्यक्रमको सञ्चालन नेपाल रेडक्रस सोसाईटी उपशाखा कल्याणपुरका सभापति रामकृष्ण अधिकारीले सञ्चालन गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.