सोमेश्वर गढीमा निर्माण हुने गोलपार्कको शिलान्याश कार्यक्रम स्थगित
नेपाल सरकारको संघीय संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्रालयले एक सयवटा पर्यटकिय गन्च्वयहरुको सुचीमा समावेश गरेको सोमेश्वर गढीमा निर्माण हुने गोलपार्कको शिलान्याश कार्यक्रम स्थगित भएको छ । मंसिर २१ अर्थात आज नेपाल कम्युनिष्ट पार्टी(नेकपा) अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिलान्याश गर्नुहुने पुर्व निर्धारित कार्यक्रम रहेपनि दाहालको राजनैतिक ब्यस्तता कारण शिलान्याश कार्यक्रम स्थगित भएको पर्यटन विकास समिति माडीका अध्यक्ष नारायण पौडेलले जानकारी दिनुभयो । सोमेश्वर गढी क्षेत्रको दीर्घकालिन एवं बृहत्तत विकासका लागि गुरुयोजना निर्माणको प्रक्रिया जारी रहेको र सोमेश्वर गढी क्षेत्र सम्म पुग्ने बाटो निर्माणकनो कार्य करिव करिव पुरा भएको माडी नगरपालिका ५ वडाअध्यक्ष रामवन्धु पोख्रलले जानकारी दिनुभयो । यसैविच वघौडा उपभोक्ता समितिको आयोजनामा हुने भनिएको भवन उद्घाटन कार्यक्रम समेत स्थगित गरिएको छ ।