रमाइलो तिज उत्सब २०७६ अन्र्तगत माडी नगरपालिका ४ मा सम्पन्न

शिव शक्ति आमा समुह सित्तलपुरको समुह दोश्रो चरणमा ।।

0

सामुदायिक रेडियो माडीको आयोजनामा रमाइलो तिज उत्सब २०७६ अन्र्तगत आज माडी नगरपालिका ४ मा सम्पन्न भएको छ । आज सम्पन्न प्रतिस्पर्धामा शिव शक्ति आमा समुह सित्तलपुरको समुहले प्रथम स्थान हासिल गरेको छ । माडी नगरपालिका ४ मा सम्पन्न कार्यक्रममा ४ वटा महिला समुहहरुको सहभागिता रहेको थियो । शनिवारदेखी सुरु भएको कार्यक्रम अन्र्तगत माडी नगरपालिका ९,१ र २ मा सम्पन्न गरिसकिएको कार्यक्रम आज माडी नगरपालिका ४ मा गरिएको हो ।

सामुदायिक रेडियो माडीका अध्यक्ष सुर्य प्रसाद पाठकको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि माडी नगरपालिका ४ वडाअध्यक्ष चन्द्रदीप महतो रहनुभएको थियो । कार्यक्रममा समाजसेवी माडी एकीकृत कृषि फर्म प्रालिका अध्यक्ष श्री प्रसाद दवाडीले मन्त्वय ब्यक्त गर्नुभएको थियो भने रेडियोका स्टेशन म्यानेजर सुवास लामिछानेले स्वागत मन्त्वय ब्यक्त गर्नुभएको थियो ।

माडी नगरपालिकाका विभिन्न संघसंस्था,जनप्रतिनिधि लगायतको आतिथ्यता रहेको थियो । प्रेम कुमार विष्टले संचालन गर्नुभएको कार्यक्रममा प्रदिप सापकोटा,कोपिला सिवाकोटी र राजु आचार्य दिप निर्णायक रहनुभएको थियो । कार्यक्रम अन्र्तगत भोली –मंगलवार माडी नगरपालिका ३ बसन्तपुरमा कार्यक्रम आयोजना गरिएको रेडियोले जनाएको छ ।

यसैगरी ११ गते माडी नगरपालिका ५,१२ गते माडी नगरपालिका ८ मा र १३ गते माडी नगरपालिका ६ र ७ मा प्रतियोगिता गरिनेछ यस्तै अन्तिम प्रतियोगिता माडी नगरपालिका ३ स्थित बसन्तपुर बजारमा १५ गते हुनेछ । अन्तर समुहात्मक प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने समुहलाई दोस्रो चरणमा प्रवेश गराइएको छ । सो कार्यक्रम सम्पन्न गर्नका लागि माडी एकीकृत कृषि फर्म प्रालिले मुख्य प्रायोजकको भुमिका खेलेको छ भने कृषक उपकार बचत तथा क्रृण सहकारी संस्था,निर्धन उत्थान बैक ,जनता बैंक लिमिटेड,पाचँ पाण्डव उपभोक्ता समितिले समेत सहयोग गरेको छ ।

माडी नगरपालिका प्रर्वद्धक रहेको सो कार्यक्रमको सह आयोजकमा माडी नगरस्तरीय महिला समिति रहेको छ । प्रतियोगितामा सहभागीता जनाउन चाहने समुहले आआफ्नो वडा कार्यलयमा सम्पर्क गरी नाम दर्ता गर्न सकिने छ भने महिला हिंसा तथा महिला अधिकार र महिलासंग समसामयिक बिषयमा आफ्नो प्रस्तुति दिनु पर्नेछ ।

Leave A Reply

Your email address will not be published.