स्टार कपको २५ औं संस्करणको फुटवल प्रतियोगिताको उपाधिका लागि चिरौली र भैरवपुरका विचमा प्रतिस्पर्धा हुने ।।

0

स्टार स्पोर्टस क्लव वरुवा माडीको आयोजनामा जारी २५ औं संस्करणको माडी स्तरीय फुटवल प्रतियोगिताको उपाधिका लागि चिरौली युनाईटेड चिरौंली र ज्ञान ज्योती युवा क्लव भैरवपुरका विचमा प्रतिस्पर्धा हुने भएको छ । आज सम्पन्न दोश्रो सेमिफाईनल प्रतिस्पर्धामा बुद्धज्योति युवा क्लव सितलपुरलाई २–० गोल अन्तरले पराजित गदैं चिरौली युनाईटेड विजयी भएको आयोजक कमिटिका खेल संयोजक अमित लामाले जानकारी दिनुभयो ।

यसैविच हिजो सम्पन्न सेमिफाईनलको पहिलो खेलमा विजयी भएपनि माडी क्षेत्र वाहिरको खेलाडीलाई खेलाएकाले बसन्तपुर युनाईटेड क्लव बसन्तपुर प्रतियोगितावाट वाहिरएको आयोजकले वताएको छ । बसन्तपुर युनाईटेडका एक खेलाडीबिरुद्ध आयोजक समक्ष प्रोटेस्ट दर्ता गरेको थियो । आज आयोजकको निर्णय अनुसार भैरवपुरलाई फाईनलमा प्रवेश गराइएको स्टार स्पोर्टस क्लव वरुवाका सचिव टिकाराम सृुवेदीले जानकारी दिनुभयो ।

प्रतियोगिताको विजेता टोलीले नगद १ लाख ११ हजार १ सय ११ रुपैया प्राप्त गर्दा उपविजेता टोलीले ५० हजार नगद प्राप्त गर्नेछन् । यसवाहेक विभिन्न विधामा समेत खेलाडीहरुलाई सम्मान गरिने आयोजकले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.