माडी नगरपालिकाले उपचारका क्रममा रगतको आवश्यकता परेमा विरामीका लागि निशुल्क रगतको ब्यवस्था मिलाउने ।।

0

माडीका स्थानियवासीहरुका लागि उपचारका क्रममा रगतको आवश्यकता परेमा निशुल्क रगतको ब्यवस्था मिलाउने जनाइएको छ ।सो का लागि माडी नगरपालिका र नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा चितवनविच सम्झौता हुने भएको छ ।  माडी नगरप्रमुख ठाकुर प्रसाद ढकालले दिनुभएको जानकारी अनुसार सम्झौता पत्र तयार रहेको र दुवै पक्षविच हस्ताक्षर हुन बाकी रहेको जनाउनुभयो । नेपाल रेडक्रस सोसाईटी उपशाखा बघौडा,सिप नेपाल र बसन्तपुर युनाईटेड क्लवद्धारा संयुक्त रुपमा आयोजना गरिएको रक्तदान कार्यक्रमको उद्धघाटन गर्नुहुदै माडी नगरप्रमुख ठाकुर प्रसाद ढकालले सो जानकारी दिनुभएको हो ।भरतपुर क्षेत्रमा उपचारको क्रममा माडीका विरामीहरुलाई रगतको आवश्यकता परेमा बिरामीहरुले सम्वन्धित वडा कार्यालयको प्रमाणित गरेको नागरिकताको प्रतिलिपिका आधारमा विरामीलाई आवश्यक रगत पाउने ब्यवस्था मिलाउने सहमति भएको नगरपालिकाले जनाएको छ ।

नाबालक बिरामीहरुको हकमा भने अभिभावकको नागरिकताको प्रमाणित प्रतिलिपिको आधारमा रगत उपलब्ध गराउने जनाइएको छ । माडी नगरपालिकाले माडीमा रहेको एकमात्र अस्पताल बघौडा अस्पतालमा रक्तसञ्चार केन्द्र स्थापनको पहल जारी रहेको नगरप्रमुख ढकालले उद्धघोष गर्नुभयो । चितवन जिल्लामा रगतको अभाव वढिरहेको सन्र्दभमा आज रक्तदान कार्यक्रम आयोजना गरिएको नेपाल रेडक्रस सोसाईटी उपशाखा बघौडा सभापति भागिरथ बस्यालले जानकारी दिनुभयो ।

रक्तदान कार्यक्रममा नगरउपप्रमुख तारा कुमारी काजी महतो, क्षेत्रिय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेश पौडेल,वडाअध्यक्षहरु,विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको कार्यक्रमको सभाअध्यक्ष नेपाल रेडक्रस सोसाईटी उपशाखा बघौडा सभापति भागिरथ बस्याल रहनुभएको थियो ।

Leave A Reply

Your email address will not be published.