माडी नगरपालिका शिक्षा शाखा प्रमुख विहिन,

मन्त्रालयले खासै चासो नदेखाएको प्रमुख प्रशासकिय अधिकृत कंडेलको भनाई ।।

0

माडी नगरपालिका शिक्षा शाखा प्रमुख विहिन रहेको छ । गत बैशाख अर्थात करिव ४ महिनादेखी माडी नगरपालिकामा शिक्षा शाखा प्रमुख विहिन रहेको माडी नगरपालिका प्रमुख प्रशासकिय अधिकृत हरिदत्त कडेंलले जानकारी दिनुभयो ।  शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा पटक पटक ताकेता गर्दा समेत कुनै सुनुवाई नभएको कडेंलले गुनासो पोख्नुभयो ।

मन्त्रालयमा पुगेर कर्मचारी माग गर्दा समेत मन्त्रालयले खासै चासो नदेखाएकोे उहाँले जनाइएको छ । यसैविच माडी नगरपालिकामा शिक्षा शाखा प्रमुख विहिन हुदाँ विद्यालयको शैक्षिक क्रियाकलाप,अनुगमन,पृष्ठ पोषण  प्रक्रियामा समेत समस्या भएको जनजीवन माध्यमिक विद्यालयका प्रधानाध्यापक शोभाकर गौतमले जानकारी दिनुभयो । शिक्षा शाखामा हाल १ जना कार्यरत रहनुभएकोे छ । माडी नगरपालिकाले शिक्षामा गुणस्तरीयता प्रदानका लागि लगानी गरिरहँदा शिक्षा शाखा प्रमुख विहिन हुदाँ योजना अनुसार कार्य गर्न कठिनाई पर्ने जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.