दिवगंत वामपन्थी नेता भुसालको शालिक अनावरण हुन लागेको सन्र्दभमा बाटिका परिसरमा सरसफाई ।। असोज ६,२०७६

0

दिवगंत वामपन्थी नेता एवं माडीका सामाजिक अगुवा दिवाकर भुसालको शालिक अनावरण हुन लागेको सन्र्दभमा बाटिका परिसरमा सरसफाई गरिएको छ । बाटिका निर्माण उपभोक्ता समितिको आहवानमा आज विहान बाटिका परिसर र वरपरको क्षेत्रहरु सरसफाई गरिएको छ । माडी नगरपालिका ३ बसन्तपुर र माडी नगरपालिका ५ नयाँपिपरियाको सीमा क्षेत्रमा रहेको दिवाकर बाटिकामा भुसालको शालिकसंगै पानीको फोहोरा, फुलबारी आदि रहेका छन् ।

करीब ३ कठ्ठामा फैलिएको दिवाकर पार्क निर्माणका लागि पर्यटन विकास कार्यालय वीरगंजबाट ६ लाख र माडी नगरपालिकाबाट ५ लाख निकासा भईसकेको छ भने जारी आर्थिक बर्षमा पर्यटन शीर्षकबाट १२ लाख रुपैंया बजेट विनियोजन गरिएको छ । माडीकै स्थानिय मुर्तीकार दिनेश्वर महतोको टोलीले बाटिकामा स्थापना गरिने शालिक निर्माण गरिसकेको र आउँदो असोज १२ गते बाटिकामा राखिने उपभोक्ता समितिकी अध्यक्ष शुभद्रा शर्माले जानकारी दिनुभयो ।

यसैबिच दिवंगत वामपन्थी नेता एवं माडीका सामाजिक अगुवा दिवाकर भुसालको स्मृतिमा प्रकाशन हुन लागेको दिवाकर स्मृति ग्रन्थको लोकार्पण तथा शालिक अनावरणका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माडी आउने नेकपाले जनाएको छ । यही असोज २४ गते परेको दिवाकर स्मृति दिवसको अवसर पारी दिवाकर स्मृति ग्रन्थको लोकार्पण एवं दिवाकर बाटिकामा दिवंगत भुसालको शालिक अनावरण गर्न लागिएको हो । सोही कार्यक्रममा प्रचण्ड सहित नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश) लगायतका केन्द्रीय नेताहरु सहभागी हुने कार्यक्रम रहेको जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.