प्रहरीद्धारा भैरवपुर क्षेत्रवाट घरेलु मदिरा नियन्त्रण/लागुऔषध प्रयोग गरेका ३ युवा प्रहरीको कारवार्हीमा ।।

0

 

ईलाका प्रहरी कार्यालय माडीले भैरवपुर (ढिकुन) क्षेत्रवाट घरेलु मदिरा नियन्त्रणमा लिएको छ । आज साझँ माडी नगरपालिका २ भैरवपुर (ढिकुन) मा घरेलु मदिरा बनाउन प्रयोग गरिने ४ ड्रम कच्चा पदार्थ,१ बोरा घरेलु मदिरा बनाउन प्रयोग गरिने भेली,५ लिटरको जर्किनमा रहेको घरेलु मदिरा,२ दर्जन वढी वोत्तल र साईज साईजका मादकपदार्थका खाली बोत्तल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

सञ्चालकलाई माडी नगरपालिका २ वडाअध्यक्ष ईश्वरी प्रसाद ढकालको जिम्मा लगाई भोली ईलाका प्रहरी कार्यालय बसन्तपुरमा आउन निर्देशन जारी गरिएको ईलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक हर्क बहादुर बिश्वकर्माले जानकारी दिनुभयो ।

यसैगरी,प्रहरीले लागु औषध प्रयोग गरेका ३ युवाहरुलाई नियन्त्रणमा लिएको छ । माडीको मगुई खोला नजिकै क्षेत्रवाट ति युवाहरुलाई औषध सहित पक्राउ गरिएको र पक्राउ परेका युवाहरु ईलाका प्रहरी कार्यालय माडीको नियन्त्रणमा रहेको बिश्वकर्माले बताउनुभयो । उनीहरुबाट गाँजा समेत बरामद गरिएको जनाइएको छ । माडी नगरपालिका क्षेत्रमा प्रहरीले पछिल्लो समय सक्रियता बढाईरहेको छ ।

Leave A Reply

Your email address will not be published.