लजमा सि.सि.क्यामेरा जडान गर्न प्रहरीद्धारा ब्यवसायीसँग आग्रह ।

0


माडी नगरपालिका क्षेत्रमा सञ्चालित लजहरुको रिसेप्सनमा सि.सि. क्यामेरा जडान गर्न प्रहरीले ब्यवसायीसँग आग्रह गरेको छ । ईलाका प्रहरी कार्यालय माडीले लजमा अभिलेख दुरुस्त राख्नुपर्ने,नागरिकता नभएमा परिचयपत्र,के कामका लागि आएको हो र कहाँवाट आएको साथै कति दिनका लागि बस्नका लागि आएको सम्पुर्ण जानकारी राख्नुपर्ने समेत बताएको छ ।

यसबाहेक १८ बर्ष भन्दा कम उमेरका वालवालिकालाई काममा नलगाउन,कर्मचारीको वायाडाटा राख्नुपर्ने श्रमशोषण गर्न नहुने,हल्ला गर्ने जुवातास खेल्न नहुने,जाडरक्सी खाएर रातमा होहल्ला नगर्न र प्रहरीहरु लजमा र होटलमा निरीक्षणका लागि आएमा डाटा देखाउनुपर्ने साथै लजमा कोठा समेत चेकजाचका लागि अनुमति दिनुपर्ने लगायतका रहेका छन् ।

यसैगरी लजमा बस्नेको निगरानी गर्नुपर्ने,पाहुनाको बहुमुल्य सामानको रेकर्ड राख्नुपर्ने,स्कुलको डे«समा आएका विद्यार्थीहरुलाई कोठा नदिने,शंका लागेमा प्रहरीलाई खवर गर्न समेत आग्रह गरिएको ईलाका प्रहरी कार्यालय माडीका प्रमुख हर्क बहादुर बिश्वकर्माले बताउनुभयो । माडीका होटल ब्यवसायीहरुसँगको अन्तरक्रिया कार्यक्रममा माडी क्षेत्रभित्रका करिव २५ जना ब्यवसायीहरुको सहभागिता रहेको थियो ।

यसैबिच, होटल ब्यवसायी संघ माडीका अध्यक्ष गोपाल श्रेष्ठले सि.सि. क्यामेरा जडानमा सक्दो प्रयास गरिने बताउनुभयो । प्रहरीको यस किसिमको अन्तरक्रियात्मक कार्यक्रमले समाज परिर्वतन अहम भुमिका खेल्ने र ब्यवसायीहरुले प्रहरीले जानकारी प्रदान गरेअनुसार कार्य गरिने श्रेष्ठले बताउनुभयो । ब्यवसायी र प्रहरी मिलेर अघि वढ्ने र आफ्नो ब्यवसायलाई समेत मर्यादित तवरवाट सञ्चालन गरिरहेको होटल ब्यवसायीहरुले बताएका छन् ।

Leave A Reply

Your email address will not be published.