सोमेश्वरगढीमा कार्तिक २३ गते शनिवारदेखी राष्ट्रिय प्रस्तर मूर्ति कार्यशाला हुने ।।
माडीको धार्मिक, पर्यटकिय एवंम ऐतिहासिक महत्वको क्षेत्र सोमेश्वरगढीमा कार्तिक २३ गते शनिवारदेखी राष्ट्रिय प्रस्तर मूर्ति कार्यशाला हुने भएको छ । सुन्दर कलाको ऐतिहासिक सोमेश्वरगढी, इको, कृषि र पर्यटनको गन्तव्य नगरी, माडी राष्ट्रिय प्रस्तर मूर्ति कार्याशाला–२०७६’ नाम दिइएको कार्यशालामा नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा ख्याति प्राप्त ३० जना मूर्तिकारहरुले सोमेश्वर क्षेत्रमा आवासीय रुपमा १८ दिनसम्म विभिन्न प्रकारका प्रस्तर मूर्तिहरु निर्माण गर्ने ललितकला प्रज्ञा प्रतिष्ठानको मूर्तिकला विभागका प्रमुख लालकाजी लामाले जानकारी दिनुभयो ।
सो कार्यशालामा धार्मिक तथा परम्परागत, वास्तविक तथा समसामयिक वा आधुनिक मूर्ति बनाउने कलाकारहरु माडी क्षेत्रमा आउने कलाकार दिनेश्वर महतोले जानकारी दिनुभयो । सोमेश्वरगढी क्षेत्रलाई खुल्ला मूर्ति संग्राहलयको रुपमा विकसित गर्दै राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय क्षेत्रमा परिचित बनाउनका लागि कार्यशाला कोसेढुङ्गा साबित हुने विभागका प्रमुख लामाले बताए ।