सामुदायिक रेडियोे माडीको कार्यक्रम जनतासँग मेयरको तेश्रो श्रृखला यही मंसिर २५ गते किर्तनपुर वजारमा हुने।।

0
सामुदायिक रेडियोे माडीको कार्यक्रम जनतासँग मेयरको तेश्रो श्रृखला यही मंसिर २५ गते हुने भएको छ । माडी नगरपालिका ७ वडा कार्यालय किर्तनपुर वजारमा बुधवार दिउसो १ वजे कार्यक्रम आयोजना गरिएको रेडियो माडीका स्टेशन म्यानेजर सुवास लामिछानेले बताउनुभयो ।
  माडीको समग्र विकास निर्माण र गतिविधि सगै विविध विषयलाई कार्यक्रममा समेटिने र जनताको गुनासो प्रत्यक्ष राख्न सकिने रेडियोले बताएको छ । कार्यक्रममा उपस्थितिका लागि माडीवासीहरुलाई रेडियोले आग्रह गरेको छ ।
    साथै सोही कार्यक्रममा सहभागि हुन नसक्ने र विदेश रहनुभएका माडीवासीहरुले ईमो भाईवर र वाट्सप ९८५५०१०१०२ मा सम्पर्क गर्न सक्नुहुनेछ भने टेलिफोनवाट समेत जिज्ञासा राख्न ०५६५०१०७० मा सम्पर्क गर्नुहुन अनुरोध गरेको रेडियो माडीका कार्यक्रम प्रमुख भुपराज पाठकले जनाउनुभयो ।

Leave A Reply

Your email address will not be published.