माडीका मध्यवर्ती कार्यलयहरुमा लागेका ताला महिना बित्दा समेत खुल्न सकेन (फाइल तस्बिर)

"यो समस्या माडीका सिंगो सुकुम्बासीहरुको साझा समस्या हो , यो समस्या समाधानका लागि चितवन राष्ट्रिय निकुञ्जले बाँदरझुला, कुसुमखोला, परुई लगायतका अन्य क्षेत्रमा बसोबास गरि रहेका भूमिहीनहरुको सुरक्षित आवासको ग्यारेन्टी नगर्दा सम्म हाम्रो आन्दोलन रोकिन्न।"

0

माडीका मध्यवर्ती कार्यलयहरुमा गरिएको तालाबन्दी एक महिना बित्दा समेत खुल्न सकेन । चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत माडीका ४ वटै मध्यवर्ती कार्यलयहरुमा गरिएको तालाबन्दी एक महिना बित्न लाग्दा समेत खुल्ने संकेत देखिएको छैन।
चितवन राष्ट्रिय निकुञ्ज प्रशासनको बिरोधमा आन्दोलित बनेका सुकुम्बासी चेपाङ समुदायले गत साउन १८ गतेका दिन माडीका ४ वटै मध्यवर्ती कार्यलयहरुमा तालाबन्दी गरेका थिए ।

 

बाँदरझुला सुकुम्बासी संघर्ष समितिका संयोजक राज कुमार चेपाङले माडीका मध्यवर्ती कार्यालयहरुमा भएको तालाबन्दी अनिश्चित काल सम्म लम्बिने बताउनुभयो । संयोजक चेपाङले भन्नुभयो “यो समस्या माडीका सिंगो सुकुम्बासीहरुको साझा समस्या हो , यो समस्या समाधानका लागि चितवन राष्ट्रिय निकुञ्जले बाँदरझुला, कुसुमखोला, परुई लगायतका अन्य क्षेत्रमा बसोबास गरि रहेका भूमिहीनहरुको सुरक्षित आवासको ग्यारेन्टी नगर्दा सम्म हाम्रो आन्दोलन रोकिन्न।”

यता, चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले तालाबन्दी खुलाउनका लागि खासै आवश्यक पहल र समन्वय गरेको पाइन्न। निकुञ्ज कार्यालयले मध्यवर्ती कार्यालयहरु भएको तालाबन्दीको बिषयमा आफुहरुलाई आधिकारिक रुपमा जानकारी प्राप्त नभएको बताउँदै आएको छ।

Leave A Reply

Your email address will not be published.