माडीका सक्रिय संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य ।।

0

भाद्र २१,माडी नगरपालिका ५ छरछरेस्थित आइसोलेशन तथा होम आइसोलेशनमा बसेका सक्रिय कोभिड १९ संक्रमित ९ जनाको नै स्वास्थ्य अवस्था भने सामान्य रहेको छ । यहि भाद्र १० गते ५ महिनाको बच्चा सहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ३ जना अफिसियल तथा बाँकी ६ स्वास्थ्यकर्मीहरुको निगरानीमा जना होम आइसोलेशनमा रहेका छन् । उनीहरु सबैमा कुनैखाले लक्षण समेत नदेखिएको जनाइएको छ ।

उनीहरु सबैको पुन पिसिआर परिक्षणको लागि भरतपुर पठाइएकोमा आज अबेर गरी रिर्पोट आउन सक्ने माडी नगरपालिका स्वास्थ्य संयोजक शिब प्रसाद सुबेदीले बताउनुभयो । माडीका संक्रमितहरुले कोरोना जितेर डिस्चार्ज हुने स्थिती आए माडीलाई पुन शुन्य संक्रमणमा झार्न सकिने बिश्वास उहाँले व्यक्त गर्नुभयो ।

नगरबासीको जनजिवन सहज बनाउन आन्तरीक रुपमा निषेधाज्ञा खुकुलो बनाइएको भए पनि संकट अझै टरी नसकेकाले सचेत र सुरक्षित रहनु उहाँले सम्पुर्ण नगरबासीमा अनुरोध गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.