माडी नगरपालिका वडा नं ८ मा माेबाइल नेटवर्कको समस्या हट्ने ।।

0

माडी नगरपालिका वडा नं ८ मा नेटवर्कको समस्या हट्ने भएको छ । माडी नगरपालिका वडा नं ८ का वडाध्यक्ष कृष्णराज अधिकारीका अनुसार वडाकाे चाैकिडाँडामा नेपाल टेलिकमको टावर निर्माणको काम सम्पन्न भएकाले अब छिट्टै त्यहाका स्थानीयले सेवा प्राप्त गर्नेछन् ।

टावर राख्ने काम सकिएको र ट्रान्सफर्मर राख्ने काम मात्र बाँकी रहेको वडाध्यक्ष अधिकारीले बताउनुभएको हो । ट्रान्सफर्मर जडानपछि बिद्युत सप्लाई लगतै नेटबर्कको समस्याबाट स्थानीयले मुक्ति पाउने उहाँले जिकिर गर्नुभयो । “अब नगरबासीले ठुक्कसँग मोबाइलसेवा प्रयोग गर्न पाउनुहुने छ” अधिकारीले भन्नुभयो । करिब १ कराेड लागतमा चिनियाँ प्राविधिमा अाधारित टावर बनाइएको हाे ।

यस्तै,वडा नं ८ का सम्पुर्ण स्थान र वडा नं ७ र ९ का समेत केही स्थानमा सहज नेटवर्क पुग्नेछ । माडीका कतिपय वडाबासीहरुका अनुसार अपरझट पर्दा फोन सम्पर्क गर्न रुखमा चढ्नुपर्ने बाध्यता रहने गरेकाे स्थानीयले गुनासाे गरेका थिए । यससँगै स्थानीय हर्षित भएका छन् ।

Leave A Reply

Your email address will not be published.