निकुञ्ज प्रशासनले पुल निर्माणमा राेक लगाएकाे भनी आएका समाचार तथा टिकाटिप्पणी प्रति माडी नगरपालिकाकाे ध्यानाकर्षण ।।

0

माडी नगरपालिकाभित्र निर्माणाधीन पुलहरुकाे निर्माण कार्यमा चितवन राष्ट्रिय निकुञ्जले राेक लगाएकाे भनी बाहिर आएका सामाचार तथा सामाजिक संजालका टिका टिप्पणीहरु प्रति माडी नगरपालिकाले ध्यानाकर्षण भएकाे बताएकाे छ । यस बिषयमा निकुञ्ज सराेकारवाला, राजनैतिक दल र जनप्रतिनिधिहरुबिच सर्बपक्षिय छलफल गरि निचाेड निकालिने जनाउदै मेयर ठाकुर ढकालद्वारा हस्ताक्षरित एक सुचना जारी गरि नगरपालिकाले यसलाई अतिरन्जित नगर्न आग्रह गरेकाे हाे । माडीकाे बिकास आफ्नाे प्राथमिकता रहेकाले यस कार्यका निम्ति हुने समन्वय र संवादमा प्रभाव पार्ने अभिव्यक्ति नदिन पनि नगरले सराेकारवालाहरुमा अपील गरेकाे छ ।

Leave A Reply

Your email address will not be published.