इलाका प्रशासन कार्यलय माडीद्धारा चालु आर्थिक बर्षको पहिलो चौमासिकमा ६८७ नागरिकता वितरण ।।

0

इलाका प्रशासन कार्यलय माडीले जनमैत्री र दुत्र सेवा प्रवाहलाई प्राथामिकतामा राखेको प्रमुख टिकाराम वाग्लेले बताउनुभएको छ । रेडियो माडीसँगको कुराकानीमा प्राय सरकारी कार्यलयहरुमा सेवाग्राहीहरुलाई अनावश्यक दुखदिइन्छ नि भन्ने प्रश्नमा प्रमुख वाग्लेले आफुहरुद्धारा त्यस्तो नभएको र प्रक्रिया नमिलेको खण्डमा लिखित सुझाव समेत दिने गरेको जिकिर गर्नुभयो । कर्मचारी अभावमा कहिलेकाँही कार्य ढिलाई हुने गरेको स्वीकार्दै दुत्र सेवा प्रवाह आफुहरुको सधै प्राथामिकतामा रहेको जिकिर गर्नुभयो ।
इलाका प्रशासन कार्यलय माडीले चालु आर्थिक बर्ष २०७७।०७८ पहिलो चौमासिकमा ६८७ नागरिकता वितरण गरेको छ । इलाका प्रशासन कार्यलय माडीका प्रमुख वाग्लेले दिनुभएको जानकारी अनुसार ०७७ सालको साउन,भाद्र,असोज र कार्तिक महिनामा नया र प्रतिलिपि गरी कुल ६८७ नागरिकता नगरबासीहरुलाई प्रदान गरिएको हो ।
प्रशासनले पहिलो चौमासिकमा १० वटा नाबालक परिचयपत्र जारी गरिएको छ भने,६० वटा जनजाती प्रमाणीकरणको कार्य गरेको छ ।

Leave A Reply

Your email address will not be published.