माडी नगरका मेलमिलापकर्ताहरुलाई ३ दिने पुर्नताजगी तालिम प्रदान ।।

0
माडी नगरपालिकाको आयोजनामा मेलमिलापकर्ताहरु ३ दिने पुर्नताजगी तालिम प्रदान गरिएको छ । माडी नगरपालिका वडा नं ३ स्थित होटल प्याराडाइजमा गत माघ ९ गतेबाट सुरु भएको तालिमको आज एक औपचारिक कार्यक्रमकाबिच समापन गरिएको छ ।
माडी नगरभित्र रहेर काम गरिरहेका मेलमिलाप सहजकर्ताहरुलाई न्यायसम्बन्धी कानुनी ज्ञान प्रदान गर्दै थप सक्षम बनाउने उद्धेश्यले तालिम संचलन गरिएको मेलमिलाप नगर समिति संयोजक पिताम्बर पोख्रेलले जानकारी दिनुभयो ।
माडी नगरपालिका नगर प्रमुख ठाकुर प्रसाद ढकालको प्रमुख आतित्थमा भएको समापन समारोहमा माडी नगरपालिका प्रमुख प्रशासकिय अधिकृत पुष्पराज ढकाल बिशिष्ट अतिथि,माडी नगरपालिका वडा नं ४ वडा सदस्य इन्दिरा बि.क अतिथि रहनुभएको थियो भने माडी नगर उपप्रमुख तथा न्यायिक समिति संयोजक तारा कुमारी काजी महत्तोको अध्यक्षता रहेको थियो । सहभागिहरुलाई प्रशिक्षक बन्धुराज पौडेल र रामकृष्ण महत्तोले सहजीकरण गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.