माडीको बरुवामा शिवरात्री मेला – २०७७ हुने ।।

"मेलाको साभार,संस्कृति र पर्यटनको आधार" भन्ने नाराको साथ आयोजित ३ दिने मेला माडी १ स्थित स्टार स्र्पोटस् खेल मैदानमा सञ्चालन हुनेछ ।

0
माडीमा शिवरात्री मेला – २०७७ हुने भएको छ । आगामी फाल्गुन महिनाको २७ गते महाशिवरात्री पुजाको दिन मेला सुरु भई २९ गतेसम्म ३ दिन सञ्चालन हुने मेला आयोजक मुल समितिले आज बरुवामा पत्रकार सम्मेलन गरी जनाएको छ ।
कोरोना भाईरस कोभिड १९ ले सुस्ताएको माडीको व्यबसायलाई ब्युताउँदै पर्यटन प्रर्बदन गर्नु मेलाको मुख्य उद्धेश्य रहेको मेला मुल आयोजक समिति सहसंयोजक सञ्जय महत्तोले जानकारी दिनुभयो ।
बरुवा थारु समुह,सुनगाभा बाल क्लबको आयोजनामा मेला हुने भएको हो । “मेलाको साभार,संस्कृति र पर्यटनको आधार” भन्ने नाराको साथ आयोजित ३ दिने मेला माडी १ स्थित स्टार स्र्पोटस् खेल मैदानमा सञ्चालन हुनेछ । मेलाको पहिलो भगवान् शिवको करिब ८ फिट अग्लो मुर्ति स्थापना गरी धार्मिक उत्सब मनाउने योजना रहेको महत्तोले बताउनुभयो ।
दोस्रो र तेस्रो दिन भने माडी स्तरीय भलिबल प्रतियोगिता,बृहत सांस्कृतिक कार्यक्रम,फुड फेस्टिबललगायतका कार्यक्रमहरु हुने छन् । मेलामा करिब ६० वटा स्टलहरु रहनेछन् । स्टल बुकिङ सुरु भई सकेको छ । मेलामा प्रवेश टिकट भने मात्र रु २० रुपौया रहेको र परिचयपत्र सहित जाने बिद्यार्थी तथा फरक क्षमता भएकाहरुका लागि निशुल्क प्रवेशको व्यबस्था मिलाइएको आयोजकले जनाएको हो । मेलाको प्रर्बद्धक माडी नगरपालिका रहेको छ भने सहआयोजकमा स्टार स्र्पोटस् क्लब, बरुवा टोल सुधार समिति रहेको छ ।
यस्तै,सहयोगी संस्थाहरुमा थारु कल्याणकारीसभा,आदीबासी जनजाती महासंघ रहेका छन् । आज भएको पत्रकार सम्मेलनमा मेला संयोजक राम प्रसाद महत्तोको अध्यक्षता रहेको थियो भने माडी १ वडाध्यक्ष कृष्ण पौडेल प्रमुख अतिथि रहनुभएको थियो । यस्तै अतिथिहरुमा वडा सदस्य अमित लामा,स्टार स्र्पोट्सका अध्यक्ष हरि अधिकारी,सहसंयोजक महत्तो रहनुभएको कार्यक्रमलाई सहजीकरण गर्नुभएका टिआर सुबेदीले जनाउनुभयो ।

Leave A Reply

Your email address will not be published.