अर्माक एसिया प्यासिफिक क्षेत्रको उपाध्यक्षमा खतिवडा निर्वाचित

0

सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालका अध्यक्ष सुवास खतिवडा सामुदायिक रेडियोहरूको विश्व सङ्गठन, अमार्क एसिया प्यासिफिकको दक्षिण एशिया उपाध्यक्षमा निर्विरोध निर्वाचित हुनु भएको छ । खतिवडा इन्डोनेशियामा सम्पन्न एसिया प्यासिफिकको चौथो सम्मेलनबाट उपाध्यक्षमा निर्वाचित हुनु भएको हो । इन्डोनेसियाको योगयाकार्तामा भएको सम्मेलनमा बङ्गलादेशबाट सहभागी प्रतिनिधिले पनि उपाध्यक्षमा उम्मेदवारी दिए पनि छलफलपछि फिर्ता लिएका थिए । उम्मेदवारले उम्मेदवारी फिर्ता लिए पनि नियमअनुसार मतदान भएको थियो । ८४ जनाले मतदान गरेकोमा खतिवडाको पक्षमा ८३ मत खसेको थियो भने एक भोट बदर भएको थियो । निर्वाचित भएपछि खतिवडाले नेपालको सामुदायिक रेडियोको अभ्यास विश्वमा नै उदाहरणीय रहेको भन्दै सामुदायिक रेडियोले समुदायस्तरमा सूचना र चेतना प्रवाह गर्नुपर्ने बताउनुभयो । सम्मेलनमा १६ देशका झण्डै ३ सय ५० जना सामुदायिक रेडियो प्रसारक, अधिकारर्मीलगायतको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.