छरछरे मेला सम्पन्न

0

मंसिर ४ ,रेडियो माडी
सदैव जसो उत्सवको रुपमा रहेको छरछरे मेला सम्पन्न भएको छ । छरछरे शिव मन्दिर धार्मिक समितिको आयोजनामा सम्पन्न कार्यक्रममा लोक तथा दोहोरी गीत गायक नविन पौडेल,सम्झना भण्डारीको वेजोड प्रस्तुती रहेको थियो । साथमा स्थानिय कलाकारहरुको समेत प्रस्तुती रहेको थियो । उद्घाटन सत्रमा माडी नगरप्रमुख ठाकुर प्रसाद ढकाल प्रमुख अतिथि रहनुभएको थियो , युवा खेलकुद तथा सांस्कृतिक समितिका अध्यक्ष हरि भुसाल विशिष्ट अतिथी रहनुभएको थियो । त्यसैगरी विभिन्न पार्टीका पार्टी प्रतिनिधि, माडी नगरपालिका ५ का वडाअध्यक्ष रामवन्धु पोख्रेल, माडी नगरपालिका ६ वडाअध्यक्ष भरत वहादुर गुरुङ,माडी नगरपालिका ७ का वडाअध्यक्ष वालकृष्ण सापकोटा, लगायत अतिथि रहनुभएको थियो । कार्यक्रमलाई सम्वोधन गदै नगरप्रमुख ठाकुर प्रसाद ढकालले पर्यटन विकासका लागि धार्मिक पर्यटनको सम्वद्र्धन र संरक्षण गर्नुपर्ने वताउनुभएको थियो । माडीको ऐतिहासिक धार्मिक पर्यटनको राम्रो सम्भावना वोकेको छरछरे क्षेत्रलाई समेत विकास गरी पर्यटनको आगमनको केन्द्रविन्दु वनाउने समेत वताउनुभयो । कार्यक्रम तिलक भुसालको संयोजकत्वमा सम्पन्न भएको थियो । यसैविच छरछरे मेलामा विभिन्न स्टलहरु राखिएको थियो भने छरछरे सम्म सहज तवरले यात्राका लागि यातायातको ब्यवस्था गरिएको थियो ।यसैगरी माडीका विभिन्न क्षेत्रहरुवाट तोरण समेत लगिएको थियो । वाजागाजा सहित सामुहिक रुपमा गाउगाउवाट तोरण लगेर छरछरे क्षेत्रमा टागिएको थियो ।

Leave A Reply

Your email address will not be published.